Hello world!

Welcome to Weblog.com.np. This is your first post. Edit or delete it, then start blogging!

1 comment February 5th, 2010

‘हाउ मच यु पे टु योर टैगोर ?’

'हाउ मच यु पे टु योर टैगोर ?'

राजनीतिक दिनचर्याबाट लेखकीय दिनचर्यामा ढलिरहेका छन् कांग्रेस नेता रामहरि जोशी अचेल । पेप्सीकोलास्थित भतिजाको घरमा बसेर अधिकांश समय लेखनमा बिताइरहेका यिनी के लेख्दै छन् ?

'आत्मकथा', जोशीले भने, 'जीवनका सकारात्मक र नकारात्मक अनुभूतिलाई अक्षरमा उधिन्दै छु ।'

जोशीसित गैरराजनीतिक गफ गर्ने मनसायले पुगेको थिएँ । तथापि, सुरुवात राजनीतिबाटै भयो । आजकाल

…………….

कलकत्तामा उनको भेट भयो महाकवि लक्ष्मीप्रसाद देवकोटासित । देवकोटाको 'इन्ट्री' पछि हाम्रो वार्तालापमा एकाएक रौनक आयो र बन्न पुग्यो देवकोटा-संवाद । महाकविसितको रोचक तिलाई जोशीले यसरी सम्झेः

Read more: http://www.meronepalma.com/articles/713/laxmi_prasad_devkota_ramhari_joshi_nepali_congress_nepali_literature_india_all_india_radio_rabindranath_tagore.html/

Add comment February 1st, 2010

सरकारले छरेका सलाईका काँटी

rajendra thapa writes about the maoist combattants so called ineligible who have been released by the government in the name of peace process. He complains on the compensations and offers given to them .he is suspicious the future to be very much insecure.

आखिर जे डर थियो, त्यही भयो । शिविरमा दुःखान्त नाटक मञ्चन भई नै छाड्यो । सरकारबाट बक्सेको दस हजार र पार्टीले दिएको १२ हजार बोक्दै, घाँटीसम्म आउने युएनका गिफ्ट पाइन्ट र एकजोर जुत्ता भएको झोला, भएभरको सम्पत्ति अटाएको बक्सा च्याप्दै, आँसु झार्दै, धारेहातले सराप्दै, अयोग्य लडाकु नामक जीवका आक्रोशित, अपमानित, अपहेलित मुद्रामा शिविरबाट निस्किए । हुन त ढिलो/चाँडो यी निक्लन्थे नै, तर निकालिँदा यिनीहरूको व्यावसायिक भविष्यको पूर्ण व्यवस्थासहित पुनः हतियारवाला बन्ने कुनै सम्भावना नरहोस् भन्ने ग्यारेन्टीसाथ हुनुपथ्र्यो । तर दीर्घकालीन शान्ति तथा पुनःस्थापनाको तथ्यसँग अपरिचित शान्ति मन्त्रालयबाट अशान्तिको सर्जाम तयार पारी यिनलाई विदावारी गरियो । शान्ति मन्त्रालय 'अन्धोको नाम नैनसुख' भनेझैं देखिएको छ ।

Read more: http://www.meronepalma.com/articles/712/rajendra_thapa_nepal_maoists_ineligible_combatants_unmin_nepal_peace_process_.html/

Add comment January 26th, 2010

खुशी छु म आज

Dhruba Adhikari   उ को होला ? यति सजिलो प्रश्नको उत्तर खोज्न मलाई यति साह्रै "हम्मेहम्मे" पर्ला भन्ने सायदै म सोच्दथेँ । जुन हैसियतको प्रश्न सोध्न/खोज्न वा प्रश्नै गर्नुपरे पनि गर्न सक्ने क्षमता छ जस्तो लाग्दथ्यो आँफूलाई, त्यो हैसियतको लागि यो प्रश्न सहज हुनुपर्दथ्यो ।  तर त्यो भएन। तर पनि आखिर को होला उ ? प्रत्येक पटक यो प्रश्नको उत्तर यौटै मात्र पाउँदथें म – "मौन" ।

म फर्किएँ । म देख्दै गएँ । म प्रश्नमा प्रश्न थप्दै गएँ । अनुत्तरित माथि अनुत्तरित हुँदै गएँ । म जिउँदै गएँ । उ पनि जिउँदै गइरहेको थियो । उ झन् झन् प्रश्न वन्दै गइरहेको थियो, म झन् झन् निरिह बन्दै गइरहेको थिएँ । "आखिर, को हो त उ ?" ।

Read more: http://www.meronepalma.com/articles/711/dhruba_adhikari_meronepalma_dot_com_question_article_witness_in_my_world.html/

Add comment January 16th, 2010

यस्तो डाक्टर पो डाक्टर

Doctors on Strike. Residential Doctors from Bir hospital, RAbindra Mishra writes about it.

यो स्तम्भ लेख्दासम्म काठमाडौंको वीर अस्पतालका आवासीय डाक्टरहरूले प्रतक्ष्य रूपमा मान्छेको जीवन-मरणसँग गाँसिएको अस्पतालको आकस्मिक सेवा बन्द गरेको कैयौं दिन भइसकेको छ । त्यसअघि देशभरका डाक्टरहरूले आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्यसेवा बन्द गर्दा दसौं हजार बिरामीहरूले दुःख पाए । डाक्टरहरूले यसरी स्वास्थ्यसेवा ठप्प पारेका यी पहिला घटानहरू होइनन् । यो स्तम्भचाहिँ मूलरूपमा डाक्टरहरूको देशव्यापी हडतालको प्रसंगसँग जोडिएको छ । नेपाल चिकित्सक संघका अनुसार, गत एक वर्षमा मात्रै झन्डै ५० पटक स्वास्थ्यकर्मी र संस्थामा आक्रमण भइसकेको छ । डाक्टरहरूको पछिल्लो देशव्यापी हडताल खासगरी स्वास्थ्यकर्मीहरूको सुरक्षासँग सम्बन्धित छ । त्यसको साथमा उनीहरूलाई सरकारले पर्याप्त सरसुविधाको व्यवस्था नगरिदिँदा डाक्टरहरूको विदेश पलायनबाट देशको स्वास्थ्यसेवामा पर्नसक्ने नकारात्मक असरबारे पनि गम्भीर चिन्ता लागेको छ । सोही चिन्ताका कारण उनीहरूले स्वास्थ्यकर्मीहरूको सुरक्षाका अलावा उनीहरूको नियुक्तिमा पदीयस्तर वृद्धि, पाँच प्रतिशत स्वास्थ्यसेवा शुल्क खारेजी अनि निश्चित सेवा अवधि पूरा गरेका डाक्टरलाई एउटा सवारी साधन खरिद गर्दा लाग्ने शुल्कमा छुट दिनुपर्ने माग पनि गरेका छन् । मानेलिउँ, त्यति गरेपछि डाक्टरहरू विदेश पलायन हुँदैनन् या कम हुन्छन् ।

Read more: http://www.meronepalma.com/articles/710/rabindramishra_help_nepal_network_dr_chakraraj_pandey_bbcnepali_kantipur.html

Add comment January 5th, 2010

भगवान पनि हाँस्छन् होला !

काठमाडौ, २०६६ पुस ८ – हालसालै एकदिन अनपेक्षित रूपमा डा. शुद्ध रौनियारको फोन आयो । उनले झन्डै एक दशक अघिदेखि सञ्चालन गरेको सडक बालबालिकालाई खाना खुवाउने 'बाल भोजन' कार्यक्रमको म ठूलो प्रशंसक भए पनि हाम्रो कुराकानी र भेटघाट कहिले भएको थिएन । घर अगाडिको एउटा दृश्यले उनलाई भित्रभित्रै जलन भइरहेको रहेछ, त्यसैले फोन गर्न नपाई कुनै भलाकुसारीविना उनले भरर्र भन्नथाले, 'हेर्नोस्न रवीन्द्रजी, यो त अति भयो । म यहाँ एउटा पाँचतारे होटेलको छेउमा बस्छु, होटेलमा एउटा धनाढ्य परिवारको घरको विवाह छ । बाहिर बाटोदेखि यसरी द्वारहरू बनाएर सिँगारिएको छ कि कुरा गरेर साध्यै छैन । बाहिर त यस्तो छ भने भित्र कस्तो होला ? पहिले-पहिले राजारानीको स्वागत गर्न पनि यस्तो तडक-भडक गरिएको हुँदैनथ्यो । सयौं नेपाली बालबालिकाहरू तुइनमा झुन्डिएर नदी पार गर्दै स्कुल जान्छन्, सयौं बालबालिकाहरू खान नपाएर मरिराखेका छन्, यस्तो पनि गर्ने हो ? के गरेको यस्तो ? यो देखेर त भगवान पनि हाँस्छन् होला ।' (Rabindra Mishra)

Read more: http://www.meronepalma.com/articles/709/rabindramishra_help_nepal_network_.html/

Add comment December 23rd, 2009

बुवा [Poem]

बाँकी छैनन् मेरा कुनै
स्वास, प्राणवायु,
अनि शिरा र धमनीमा बग्ने त्यो प्राणगंगा
तिम्रो अनमोल ॠणको भार
जसले नबोकेका हुन् ।

Read more: http://www.meronepalma.com/articles/708/fathers_day_kedar_nath_adhikari_poem.html/

Add comment December 21st, 2009

माओवादीले भडकाए रे, गृहमन्त्रीले पड्काए रे

Article about the Firing and vandalisng by Police over the Landless citizens of the country, as said to be followers of MAoists.

माओवादीले भडकाए रे, गृहमन्त्रीले पड्काए रे, प्रहरीले आदेशानुसार राइफलको घोडा छडकाए रे, गोलीले पनि कैयौँको जिन्दगी सड्काए रे ! कैयौँ घाइते छन्, बाँच्ने, अपांग हुने या नबाँच्ने दोधारमा मृृत्युसँग जुध्दै । हजारौँ बच्चा, आमा, महिला र वृद्ध आतंकित छन्, कुनाकाप्चामा लुक्दै, ढ्वाङ र अइया, आगो र आत्थु सम्झिँदै । उता जे भए नि, यता गृहमन्त्री स्यावासी दिनमा व्यस्त छन्, ठोक्यो केटाले ठोक्यो ! भड्काएको दोष खेपेको माओवादी हत्याविरुद्ध बन्दमा व्यस्त छ, छेक्यो केटाले बाटो छेक्यो ! हुँदा हुँदा पूर्वप्रधानमन्त्रीले समेत सरकारलाई स्यावास भने रे ?

Read more: http://www.meronepalma.com/articles/707/bhim_rawal_sukumbasi_firing_salyan_dundejhari_maoist.html/

Add comment December 19th, 2009

सिउँडी: मितव्ययी सुजाता

sujata Koirala, daughter of Girija Prasad Koirala, made a luxury living in Singapore while she was with her father on his treatment. A lavish life at Singapore with Lamozine Car, 1 Lakh Per Day Expenses, etc, reflects her NO Concern towards Nation and its Economy, or anything.

२०६६ मंसिर १२ – उपप्रधानमन्त्री सुजाता कोइरालाले वयोवृद्ध पिता गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य उपचारको सिलसिलामा सिंगापुरमा रहँदा होटलमा अत्यधिक खर्च गरिन् भन्ने आरोप लगाइएको छ । तर यसमा त्यस्तोविधि कुनै वास्तविकता अन्तरनिहित छैन । हामीले अनावश्यक होहल्लामा ध्यान दिनुहुन्न । यसको परिपुष्ट प्रमाणका रूपमा तल केही प्रख्यात होटलका सत्यतथ्य विवरण प्रस्तुत गरिएको छ ।

Read more: http://www.meronepalma.com/articles/706/sujata_koirala_girija_prasad_koirala.html

Add comment December 19th, 2009

अंगप्रदर्शन मेरो ब्रान्ड बनेछ

An interview based article published in Nayapatrika Daily.

Jharna Bajracharya

'लभ इन नेपालको अभिनयपछि बलिउडका धेरै फिल्मका लागि मलाई बोलाइयो । तर, सबै अंगप्रदर्शनकै भूमिकामा । अंगप्रदर्शन मेरो ब्रान्ड नै बनेछ । त्यसपछि मलाई बलिउडका फिल्म खेल्न मन लागेन ।'

नेपाली फिल्मकी सबैभन्दा 'ग्ल्यामरस' हिरोइन हुन् झरना बज्राचार्य । फिल्ममा उदार भएर अंगप्रदर्शन गरेरै उनी निकै चर्चामा आइन् । हामीसँग संवादका लागि तयार हुँदा भने म्युजिक भिडियो र पर्दामा देखिने उनका मादक आँखामा कुनै मादकता देखिएनन् । गाजलु उनका आँखा शान्त तलाउजस्ता थिए ।

Read more: http://www.meronepalma.com/articles/705/jharna_bajracharya_nepali_actress_nepali_movie_industry.html/

Add comment December 19th, 2009

Previous Posts


Categories

Links

Feeds